Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • हुम्ला र मुस्ताङबाहेक ७५ जिल्लामा फैलियो डेंगु

    हुम्ला र मुस्ताङबाहेक ७५ जिल्लामा फैलियो डेंगु

    अनलाइन नेपाल
  • मंगलबार, २८ भाद्र २०७९
  • 954
    SHARES

    काठमाडौं । देशभर डेंगु संक्रमित हुनेको संख्या नौ हजार आठ सय ३५ पुगेको छ । डेंगुबाट काठमाडौं उपत्यका सबैभन्दा बढी ग्रसित छ ।

    डेंगु संक्रमितमध्ये सबैभन्दा धेरै संख्या काठमाडौं र ललितपुरमा छ । ललितपुरमा तीन हजार ६ सय २२ र काठमाडौंमा दुई हजार चार सय १४ जनामा डेंगु संक्रमण भएको छ ।



    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हुम्ला र मुस्ताङबाहेक ७५ जिल्लामा डेंगु फैलिएको छ ।



    त्यसमध्ये १० वटा जिल्ला उच्च जोखिममा छन् । उच्च जोखिममा रहने जिल्लामा ललितपुर, काठमाडौं, मकवानपुर, रुपन्देही, दाङ, भक्तपुर, धादिङ, तेह्रथुम, काभ्रे, र चितवन रहेका छन् ।

    आइतबारसम्मको तथ्यांकअनुसार ललितपुरमा ३ हजार ६ सय २२, काठमाडौंमा २ हजार ४ सय १४, मकवानपुरमा ६ सय ६३, रुपन्देहीमा ५ सय ७०, दाङमा ३ सय ५८, भक्तपुरमा १ सय ७६, धादिङमा १ सय ३७, तेह्रथुममा १ सय १०, काभ्रेपलाञ्चोकमा १ सय ५ र चितवनमा ९० केस पुष्टि भएका छन् । यी १० जिल्लामा मात्र ८ हजार २ सय ४५ जनामा डेंगु संक्रमण भएको छ ।

    डेंगु संक्रमण पछिल्लो १५ दिनयता सातजनाले ज्यान गुमाएको महाशाखाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार