Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • डेंगुबाट देशभर ११ हजार बिरामी, नौ जनाको मृत्यु

    डेंगुबाट देशभर ११ हजार बिरामी, नौ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २९ भाद्र २०७९
  • 771
    SHARES

    काठमाडौं । नेपालमा डेंगु संक्रमितको संख्या ११ हजार ६५ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार १३ सेप्टेम्बर (हिजो)सम्म सो संख्यामा संक्रमित भेटिएका हुन् ।

    महाशाखाका अनुसार डेंगुका कारण नौ जनाको मृत्यु भएको पुष्टि भएको छ । अहिलेसम्मको तथ्यांकअनुसार सबैभन्दा धेरै ललितपुरमा तीन हजार ७९३ जना संक्रमित भेटिएका छन् ।



    त्यस्तै, काठमाडौंमा दुई हजार ५७९, मकवानपुरमा एक हजार ११२ तथा रुपन्देहीमा ५९४ जनामा संक्रमण देखिएको छ । भक्तपुर, धादिङ, दाङ, तेह्रथुम, काभ्रे र चितवन गरी १० जिल्लामा नौ हजार २२६ जनामा संक्रमण पुष्टि भएको हो ।



    महाशाखाका अनुसार यस वर्ष ७७ वटै जिल्लामा संक्रमित देखिएका छन् ।

    डेंगुबाट जोगिने प्रमुख उपाय लामखुट्टेको टोकाइबाट बच्नु नै भएकाले आफ्नो बासस्थान वरपरको वातावरण सफा राख्न, पानी जम्न नदिन र व्यक्तिगत सतर्कता अपनाउन विज्ञहरुको सुझाव छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार