Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • बहराइनसँग नेपालको लज्जास्पद हार, छनोटबाट बाहिरियो

    बहराइनसँग नेपालको लज्जास्पद हार, छनोटबाट बाहिरियो

    अनलाइन नेपाल
  • बिहिबार, ३० भाद्र २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाली युवा टोलीले बहराइनमा जारी एएफसी यू–२० एसियन कप छनोटमा लज्जास्पद हार व्यहोरेको छ।

    शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा बुधबार राति नेपाल घरेलु टोली बहराइनसँग ६–० ले गोल अन्तरले पराजित भएको हो।



    बहराइनको जितमा अब्दुल्ला अली अल्सुबाईले दुई तथा कप्तान अब्दुल्लाह सुल्तान अल्खालासी, सायद अली नसिर, अब्दुलरहमान गडबन र मुबारक मोहमद हाबिबले समान एक गोल गरे। यस जितसँगै समूह ुबीु को बहराइनले पहिलो जित निकालेको छ।



    बहराइनले २ खेलमा ४ अंक जोडेको छ। नेपाल अंकविहीन रहँदै तालिकाको पुछारमा छ। साथै नेपाल प्रतियोगिताबाट समेत बाहिरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार