Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • यू-१७ एसियन कप छनोटको दोस्रो खेलमा आज नेपाल र भियतनाम भिड्दै

    यू-१७ एसियन कप छनोटको दोस्रो खेलमा आज नेपाल र भियतनाम भिड्दै

    अनलाइन नेपाल
  • शुक्रबार, २१ असोज २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । एएफसी यू-१७ एसियन कप छनोटको दोस्रो खेलमा आज नेपालले आयोजक भियतनामसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

    नेपाल र भियतनामबीचको खेल साँझ ५:४५ बजे सुरु हुनेछ । फु थोस्थित भियत त्रि स्टेडियममा नेपाल पहिलो जितको खोजीमा हुनेछ ।



    बुधबार भएको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग ३-० गोल अन्तरले पराजित भएको थियो ।भियतनाम भने लगातार दोस्रो जितको योजनामा हुनेछ ।



    पहिलो खेलमा आयोजकले चाइनिज ताइपेलाई ४-० ले हराएको थियो । समूह ‘एफ’ मा रहेको नेपाल अंक विहीन रहदै तेस्रो स्थानमा रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार