Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • एसियन कप छनोट : चाइनिज ताइपेईसँग नेपाल पराजित

    एसियन कप छनोट : चाइनिज ताइपेईसँग नेपाल पराजित

    अनलाइन नेपाल
  • आइतबार, २३ असोज २०७९
  • 807
    SHARES

    काठमाडौं । भियतनाममा जारी एएफसी यू–१७ एसियन कप छनोट खेलमा नेपाल चाइनिज ताइपेईसँग पराजित भएको छ ।

    भियतनाममा आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल चाइनिज ताइपेईसँग ४–२ गोलअन्तरले पराजित भएको हो ।



    यस हारसँगै नेपाल जितविहीन बनेको छ । नेपाल पहिलो खेलमा थाइल्याण्डसँग ३–० गोलअन्तरले पराजित भएको थियो । दोस्रो खेलमा आयोजक भियतनामसँग ५–० गोलअन्तरले पराजित भएको थियो ।



    यस खेलसँगै नेपाल र चाइनिज ताइपेई प्रतियोगिताबाट बाहिरिसकेको छ । चाइनिज ताइपेईको जितमा लिन हाइ चेङले दुई गोल गरे भने ताई यान याओ र लु यी टिङले एक–एक गोल गरे ।

    नेपालका लागि भने कप्तान प्रशान्त लक्षम र धनसिंह विकले एक–एक गोल फर्काए । समूह ‘एफ’ मा रहेको नेपाल अङ्कविहीन रहँदै पुछारमा रह्यो भने चाइनिज ताइपेई तीन अङ्क जोडेर तेस्रो स्थानमा रह्यो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार