Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • एसियन कप छनोट : नेपाल भियतनामसँग ५ गोलले पराजित

    एसियन कप छनोट : नेपाल भियतनामसँग ५ गोलले पराजित

    अनलाइन नेपाल
  • शुक्रबार, २१ असोज २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । एएफसी-१७ वर्षमुनिको एसियन कप छनोटको दोस्रो खेलमा नेपाल भियतनामसँग फराकिलो अन्तरले पराजित भएको छ ।

    भियतनामको भियत त्रि मैदानमा भएको खेलमा नेपाल भियतनामसँग पाँच–शून्य गोलले पराजित भएको हो ।



    नेपालले पहिलो हाफमा तीन र दोस्रो हाफमा दुई गोल खायो । लगातार दोस्रो हारसँगै नेपालको छनोटको सम्भावना लगभग सकिएको छ ।



    नेपाल अङ्कविहीन हुँदै पुछारमा छ । भियतनाम ६ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ । थाइल्यान्ड ६ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ । पहिलो खेलमा नेपाल थाइल्यान्डसँग तीन–शून्य गोलले पराजित भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार