Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • यू-१७ मा थाइल्यान्डसंग नेपाल ३-० गोल अन्तरले पराजित

    यू-१७ मा थाइल्यान्डसंग नेपाल ३-० गोल अन्तरले पराजित

    अनलाइन नेपाल
  • बुधबार, १९ असोज २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाली युवा टोलीले सन् २०२३ मा हुने एएफसी यू-१७ एसियन कपको छनोट अन्तर्गत पहिलो खेलमै पराजय भोगेको छ ।

    भियतनामको भिएट ट्री स्टेडियममा समूह ‘एफ’ अन्तर्गतको खेलमा नेपालले पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएको हो ।



    थाइल्यान्डले नेपाललाई ३-० गोल अन्तरले पराजित गरेको हो । थाइल्यान्डको जितमा टोनवान पुन्टामुनीले २ तथा थानाक्रित जाम्पालीले एक गोल गरे ।



    टोनवानले ३० औँ तथा ६५ औँ मिनेटमा गोल गर्दा थानाक्रितले ७८ औँ मिनेटमा गोल गरे । समूह ‘एफ’ मा नेपाल र थाइल्यान्डसँगै आयोजक भियतनामर चाइनिज ताइपेइ रहेका छन् ।

    नेपालले समूह चरणको दोस्रो खेल भियतनामविरुद्ध अक्टोबर ७ तथा तेस्रो खेल चाइनिज ताइपेइसँग अक्टोबर ९ मा खेल्ने तालिका रहेको छ ।समग्रमा छनोटमा सहभागी ४४ टिमलाई १० समूहमा विभाजन गरिएको छ ।

    प्रत्येक समूहको विजेता टिमले यू-१७ एसियन कपमा स्थान बनाउनेछन् । साथै उत्कृष्ट पाँच समूह उपविजेताले पनि एसियन कप खेल्न पाउनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार