Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • एएफसी यू-२० एसियन कप छनोट : नेपालले आज बंगलादेशसँग खेल्दै

    एएफसी यू-२० एसियन कप छनोट : नेपालले आज बंगलादेशसँग खेल्दै

    अनलाइन नेपाल
  • आइतबार, २ असोज २०७९
  • 1K
    SHARES

    काठमाडौं । बहराइनमा भइरहेको एएफसी यू-२० एसियन कप छनोट समूह बीअन्तर्गत नेपालले आज आफ्नो अन्तिम खेल बंगलादेशसँग खेल्दैछ ।

    अरदस्थित शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा हुने खेल नेपाली समयअनुसार राति पौने ९ बजे सुरु हुनेछ ।



    नेपालले यसअघिका तीन खेलमा लगातार हार ब्यहोरेको छ । नेपाल प्रतियोगिताबाट बाहिरिसकेको छ । नेपाल पहिलो खेलमा भुटानसँग २–०, दोस्रो खेलमा कतारसँग ३–१ र तेस्रो खेलमा आयोजक बहराइनसँग ६–० गोलले पराजित भएको थियो ।



    समूह ‘बी’ मा रहेको नेपाल अङ्कविहीन छ । आजको खेलमा बङ्गलादेशलाई हराउन सकेमा तीन अङ्कसहित सुखद अन्त्य हुनेछ । बङ्गलादेशले भुटानलाई हराएको थियो भने बहराइनसँग गोलरहित बराबरी खेलेको थियो ।

    समूह विजेता टोलीले सन् २०२३ मा उज्वेकिस्तानमा हुने २० वर्षमुनिको एसियन कपमा स्थान बनाउनेछ । सबै तीन खेलमा जित निकालेको कतार ९ अङ्कसहित शीर्षस्थानमा छ । बहराइनको ७ अङ्क छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार