Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पहिरोले बेनी-मालढुंगा सडकखण्ड अवरुद्ध

    पहिरोले बेनी-मालढुंगा सडकखण्ड अवरुद्ध

    अनलाइन नेपाल
  • आइतबार, २ असोज २०७९
  • 603
    SHARES

    पर्वत । केही दिन देखिको लगातार परिरहेको वर्षाका कारण पहिरो जाँदा पर्वतको मालढुंगा देखि म्याग्दीको बेनी जोड्ने मालढुंगा–बेनी सडक अवरुद्ध बनेको छ ।

    पर्वतको जलजला गाउँपालिका वडा नं. ८ ज्यामिरेमा सडक माथिबाट आएको ठुलो पहिरोले दिउँसो साढे २ बजेदेखि अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।



    जिल्ला प्रहरी कार्यालयका अनुसार अहिले स्काभेटर प्रहरी र स्थानीयवासी मिलेर सडक खुलाउने प्रयास भैरहेको भएपनि साँझसम्म लाग्ने जनाएको छ ।



    सडक अवरुद्ध हुँदा म्याग्दी र मुस्ताङबाट विभिन्न जिल्लाका लागि छुटेका सवारीसाधनहरु मिलनचोकमा र अन्यत्रबाट ती दुई जिल्लाका लागि गएका सवारीसाधन फर्सेमा अलपत्र बनेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार