Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • डेंगुका कारण मृत्यु हुनेको संख्या २० पुग्यो, १५ हजार बढी संक्रमित

    डेंगुका कारण मृत्यु हुनेको संख्या २० पुग्यो, १५ हजार बढी संक्रमित

    अनलाइन नेपाल
  • सोमबार, ३ असोज २०७९
  • 792
    SHARES

    काठमाडौं । नेपालमा डेंगु संक्रमणबाट २० जनाको मृत्यु भएको छ ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार असोज २ गतेसम्म संक्रमितको संख्या १६ हजार ५८७ पुगेको छ ।



    हालसम्मको तथ्यांक अनुसार सबैभन्दा धेरै ललितपुरमा चार हजार ६०४ जनामा संक्रमण पुष्टि भएको छ ।



    काठमाडौंमा चार हजार ४५४, भक्तपुरमा ७१३ गरी उपत्यकामा, डेंगु संक्रमितको संख्या नौ हजार ७७१ पुगेको छ ।

    उपत्यकाबाहिर मकवानपुरमा सबैभन्दा धेरै एक हजार ५९७ जनामा संक्रमण देखिएको छ ।

    अन्य जिल्लामा संक्रमितको संख्या एक सयभन्दा कम रहेको महाशाखाको तथ्यांक छ ।

    डेंगुबाट जोगिने प्रमुख उपाय लामखुट्टेको टोकाइबाट बच्नु नै भएकाले आफ्नो वासस्थान वरपरको वातावरण सफा राख्न, पानी जम्न नदिन र व्यक्तिगत सतर्कता अपनाउनु विज्ञहरूको सुझाव छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार