Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • पानीमा डुबेर बालकको मृत्यु

    पानीमा डुबेर बालकको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, ३ असोज २०७९
  • 735
    SHARES

    झापा । पानीमा डुबेर झापामा एक बालकको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा झापा गाउँपालिका-३ निवासी देवान टुडुका १४ वर्षीय छोरा विजय टुडु रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।



    प्रहरीका अनुसार कामाटोली बजारबाट आइतबार बिहानदेखि हराएका बालक विजय सोमबार बिहान ७ : ४० बजे झापा-३ स्थित गैरीगाउँ झाटी खाडीमा डुबेको अवस्थामा मृत फेला परेको हो ।



    मृतक बालक विजय बोल्न नसक्ने र सुस्त मनस्थितीका थिए ।

    प्रहरीले शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि अस्पताल पठाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार