Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • लोकतन्त्रको डुंगालाई सबैले मौका मिल्नासाथ प्वाल पार्नु चिन्ताजनक छ : बाबुराम भट्टराई

    लोकतन्त्रको डुंगालाई सबैले मौका मिल्नासाथ प्वाल पार्नु चिन्ताजनक छ : बाबुराम भट्टराई

    अनलाइन नेपाल
  • बुधबार, ५ असोज २०७९
  • 690
    SHARES

    फाइल तस्विर

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले लोकतन्त्रको डुंगालाई सबैले मौका मिल्नासाथ प्वाल पारेको टिप्पणी गरेका छन् ।

    मंगलवार राति राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि डा. भट्टराईले यस्तो आक्रोश पोखेका हुन् ।



    उनले भनेका छन्,’इतिहासमा ढिलो प्राप्त लोकतन्त्रको डुंगालाई सबैले मौका मिल्नासाथ प्वाल पार्नु चिन्ताजनक छ ।’



    राष्ट्रपतिले संसदबाट २र२ पटक पारित विधेयक प्रमाणीकरण गर्न आलटाल गर्नु,प्रधानन्यायाधीश महाभियोगमा पर्नु, दलहरू आसेपासे पोस्न लाग्नु, बैंक ब्याज बढाउनतिर लाग्नु आदि गम्भीर विषय रहेको उल्लेख गरेका छन् ।

    उनले भनेका छन्,’राष्ट्रपतिले संसदबाट२/२ चोटि पारित विधेयक प्रमाणीकरण गर्न आलटाल गर्नु,प्रधानन्यायाधीस महाभियोगमा पर्नु,दलहरू आसेपासे पोस्न लाग्नु,बैंक ब्याज बढाउनतिर लाग्नु आदि गम्भीर छन् । सबै जिम्मेवार बनौं ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार