Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सिके राउत नेतृत्वको जनमत पार्टीद्धारा राष्ट्रपतिको कदमविरुद्ध आन्दोलनको घोषणा

    सिके राउत नेतृत्वको जनमत पार्टीद्धारा राष्ट्रपतिको कदमविरुद्ध आन्दोलनको घोषणा

    अनलाइन नेपाल
  • शनिबार, ८ असोज २०७९
  • 783
    SHARES

    काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।

    नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा जनमत पार्टीले आन्दोलनको घोषणा गरेको हो ।



    नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले लाखौँ योग्य नागरिकलाई नागरिकताको अधिकारबाट वञ्चित गरेको पार्टीको आरोप छ ।



    असोज ९ र १० गते हरेक वडामा दसैंको शुभकामना दिनुको साथै नागरिकताको अधिकार खोसेको विषय बारेमा माइकिङ गर्ने,

    असोज ११ गतेदेखि १८ गतेसम्म वडास्तरमा बिहान र दिउँसो अन्तरक्रिया कार्यक्रम तथा विरोध प्रदर्शन र असोज १९ गते पुतला दहनको कार्यक्रम राखिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार