Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • बुर्किना फासोको सैनिक हस्तक्षेपप्रति राष्ट्रसंघीय महासचिवको चासो

    बुर्किना फासोको सैनिक हस्तक्षेपप्रति राष्ट्रसंघीय महासचिवको चासो

    अनलाइन नेपाल
  • आइतबार, १६ असोज २०७९
  • 966
    SHARES

    एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले बुर्किना फासोमा भएको सैनिक हस्तक्षेप र कूप्रति चासो व्यक्त गरेका छन्।

    उनले त्यहाँको सेनाले गरेको सैन्य ‘कू’ बाट नागरिक अधिकारहरु हनन् भएका र सरकारमाथि हस्तक्षेप गरेको भन्दै पहिलेकै अवस्थामा फर्किन बुर्किना फासोका सैनिकलाई आग्रह गरेका छन्।



    गुटरेसका प्रवक्ता स्टेफान डुजारिकले शनिबार एक विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी दिएका हुन्।



    सेनाका तल्लो तहका अधिकारीहरूले शुक्रबार यसैवर्ष सेनाको बलमा गरिएको सैनिकको विद्रोहमार्फत् सत्तामा आएका सेनाप्रति बफादार मानिएको भनिएका एक नेता (जुन्टा) लाई देशमा जिहादी आक्रमणविरुद्ध लड्न असफल भएको भन्दै पदच्युत गरेका थिए।

    महासचिव गुटरेसले थप शक्ति हत्याउने तथा देशका प्रजातान्त्रिक संरचनाहरु भत्काउने जस्ता कार्य नगर्न र गर्न नदिन त्यहाँका सेनालाई आग्रह गरेका छन्। बुर्किना फासोका सेना प्रमुखले शुक्रबार त्यहाँका राष्ट्रपति सत्ताच्यूत भएको घोषणा गरेका थिए। उनले देशको कार्यकारिणी अधिकार सेनाको हातमा रहेको बताएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार