Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रतिनिधिसभा निर्वाचन

    अर्थमन्त्री जनार्दन शर्माद्धारा उम्मेदवारी दर्ता

    अर्थमन्त्री जनार्दन शर्माद्धारा उम्मेदवारी दर्ता

    अनलाइन नेपाल
  • आइतबार, २३ असोज २०७९
  • 1.1K
    SHARES

    रुकुम । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा अर्थमन्त्री जनार्दन शर्माले रुकुम पश्चिममा प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् ।

    उनी आफैं उपस्थित भएर आइतबार दिउँसो मनोनयन दर्ता गराएका हुन् ।



    रुकुम पश्चिममा एक मात्र निर्वाचन क्षेत्र छ । प्रदेशसभातर्फ ‘क’ को लागि महेन्द्र केसी र प्रदेशसभा ‘ख’का लागि राजकुमार शर्माले उम्मेदवारी दर्ता गराएका छन् ।



    सत्तारूढ गठबन्धनमा रुकुम पश्चिम माओवादीको भागमा गरेको छ । तर गठबन्धनको निर्णयबाट असन्तुष्ट नेपाली कांग्रेसले पनि उम्मेदवारी दिने तयारी गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार