Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अर्थमन्त्री शर्मा भन्छन् – हाइड्रोजन बेचेर देशलाई आर्थिक रुपमा समृद्ध बनाउन सकिन्छ

    अर्थमन्त्री शर्मा भन्छन् – हाइड्रोजन बेचेर देशलाई आर्थिक रुपमा समृद्ध बनाउन सकिन्छ

    अनलाइन नेपाल
  • सोमबार, २४ असोज २०७९
  • 669
    SHARES

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले हाइड्रोजन बिक्री गरेर देशलाई आर्थिक रुपमा समृद्ध बनाउन सकिने बताएका छन् ।

    सोमवार काठमाडौंमा आयोजित नेपाल ग्रीन हाइड्रोजन समिट–२०२२ लाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । उनले जलवायु परिवर्तनका कारण विभिन्न असरहरू पनि देखिन थालेको भन्दै कार्बन उत्सर्जनलाई कम गर्नुपर्ने बताए ।



    उनले पेट्रोलियम पदार्थको खरिदमा नेपालबाट सबैभन्दा बढी डलर बाहिरिरहेको र व्यापार घाटा भइरहेको बताए । मन्त्री शर्माले देशभित्र मात्रै हाइड्रोजनको प्रयोग गर्न सकेमा व्यापार सन्तुलनमा आउन सक्ने बताए ।



    मन्त्री शर्माले हाइड्रोजन उत्पादन देशको विकास र जलवायु परिवर्तनलाई न्यूनीकरण गर्ने दृष्टिकोणले निकै नै महत्वपूर्ण रहेको बताए । यसमार्फत नेपाललाई विश्वबजारमा पहुँच वृद्धि गर्न र लगानी भित्राउन पनि सकिने उनले उल्लेख गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार