Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अन्तराष्ट्रिय मुद्रा कोषको सम्मेलनमा भाग लिन अर्थमन्त्री शर्मा अमेरिकामा

    अन्तराष्ट्रिय मुद्रा कोषको सम्मेलनमा भाग लिन अर्थमन्त्री शर्मा अमेरिकामा

    अनलाइन नेपाल
  • बुधबार, २६ असोज २०७९
  • 600
    SHARES

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा विश्व बैंक र अन्तराष्ट्रिय मुद्रा कोषको वार्षिक सम्मेलनमा भाग लिन अमेरिकाको राजधानी वाशिङटन डिसी पुगेका छन् ।

    अर्थमन्त्री शर्माको नेतृत्वमा विश्व बैंकको बैठकमा सहभागी हुन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थसचिव कृष्णहरि पुष्करसहित अर्थ मन्त्रालय तथा राष्ट्रबैंकका उच्च अधिकारीहरू अमेरिका पुगेका हुन् ।



    अमेरिकाको राजधानी वासिङटन डिसीमा यही अक्टोबर १० देखि शुरू भएको विश्व बैंकको वार्षिक बैठक यही १६ तारिखसम्म जारी रहनेछ ।



    अर्थमन्त्री शर्माले बुधवार विश्व बैंक भोटिङ ग्रुपको बैठकमा सहभागिता जनाउनाका साथै विश्वबैंकको विभिन्न मन्त्रिस्तरीय सत्रहरूमा सहभागी हुने कार्यक्रम रहेको छ ।

    उनले अमेरिकी सहयोग नियोगका उच्च अधिकारीसँग भेटघाट गर्ने, विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषका उच्च पदाधिकारीहरूसँग पनि छलफल गर्ने कार्यक्रम रहेको डिसीस्थित नेपाली दूतावासले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार