Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • क्लबमा ‘ग्याङ फाइट’ हुन थालेपछि सुरक्षा व्यबस्था मजबुद बनाउन आईजीपीको निर्देशन

    क्लबमा ‘ग्याङ फाइट’ हुन थालेपछि सुरक्षा व्यबस्था मजबुद बनाउन आईजीपीको निर्देशन

    अनलाइन नेपाल
  • शुक्रबार, २८ असोज २०७९
  • 888
    SHARES

    काठमाडौं । प्रहरी महानिरीक्षक (आइजीपी) धिरज प्रताप सिंहले काठमाडौं उपत्यका प्रहरी कार्यालयको निरीक्षण गर्दै सुरक्षा व्यवस्था मजबुद बनाउन निर्देशन दिएका छन् ।

    आइजीपी सिंहले उपत्यका प्रहरी कार्यालय र मातहतका कार्यालय प्रमुखहरूलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयको सभाहलमा निर्देशन दिएका हुन् ।



    आइजीपी सिंहले काठमाडौं उपत्यका प्रहरी कार्यालयको परिचालन कक्ष र सीसीटीभी मनिटरिङ कक्षको अवलोकन गरेका थिए । उनले डान्सबार तथा क्लवहरू लगायतमा हुन सक्ने ग्याङफाइटहरूलाई पूर्णरूपमा नियन्त्रण गर्नु पर्ने बताए ।



    दरबारमार्ग स्थित प्लाटिनम क्लबका दुईजना बाउन्सर केही दीन अगाडी खुकुरी प्रहार भएको थियो । यस्ता घटनालाई निर्मुल पार्न थप सुरक्षा व्यवस्था मजबुद बनाउनु पर्ने बताए ।

    निर्वाचनको सुरक्षा संवेदनशिल विषय भएकोले आपराधिक घटना रोकथाम तथा न्यूनीकरणका लागि सुरक्षा योजना अनुसार सर्च अपरेशन बढाई गुण्डागर्दी, घरेलु हतियारको प्रयोग, डान्सबार तथा क्लवहरू लगायतमा हुन सक्ने ग्याङफाइटहरूलाई पूर्णरूपमा नियन्त्रण गर्न  निर्देशन दिए ।

    सिंहले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा विभिन्न असन्तुष्ट पक्षले सुरक्षा चुनौती बढाउन सक्ने भएकाले आ आफ्नो ईलाकाको सुरक्षा चुनौतीलाई विश्लेषण गर्दै आवश्यक कार्ययोजना बनाई सुरक्षा व्यवस्था मजबुत बनाउन समेत आग्रह गरे ।

    काठमाडौं उपत्यकाको प्रहरी देशकै रोल मोडेलको रुपमा रहेकाले प्रहरीको आचरण तथा व्यवहारमा उत्कृष्ट ढंगले प्रदर्शन गरी सबै सेवाग्राहीलाई समान व्यवहार गर्न पनि उनले आग्रह गरे ।

    गुण्डा गर्दी लगायतका विभिन्न आपराधिक गतिविधिहरू प्रति प्रहरीले कठोर भई सबैलाई कानूनी दायरामा ल्याउनु पर्ने उनको भनाई छ ।

    संगठन र विभागीय नीति बमोजिम कानून सम्वत ढङ्गबाट सम्पादित प्रहरी कारवाहीको जिम्मेवारी आफूले लिने भन्दै निर्धक्क भएर उच्च मनोवलका साथ काम गर्न आइजीपी सिंहले निर्देशन दिए ।

    कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक, प्रहरी वरिष्ठ उपरिक्षक तथा सिनियर प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार