Online Nepal
  • शनिबार, १९ जेष्ठ २०८१
  • शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा उल्लेख्य सुधार आएन : किस्ट अस्पताल

    शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा उल्लेख्य सुधार आएन : किस्ट अस्पताल

    अनलाइन नेपाल
  • शनिबार, २९ असोज २०७९
  • 585
    SHARES

    काठमाडौं । किस्ट अस्पताल, ललितपुरमा उपचाररत शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा खासै सुधार नभएको अस्पतालले जनाएको छ । अस्पतालले उनको स्वास्थ्य अवस्था स्थिर रहेको भने जनाएको छ ।

    १०३ वर्षका जोशीको २३ दिनदेखि ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।



    निमोनिया, पिसाबको संक्रमण, मुटुरोगका साथै जोशीमा पछिल्लो समय उनमा डेंगु संक्रमण देखिएको थियो । जोशीलाई प्रतिमिनेट ४ लिटर अक्सिजन दिनुपरेको अस्पतालले जनाएको छ ।



    जोशीको स्वास्थ्यमा छिन–छिनमै उतार चढाव आउन थालेपछि अस्पतालले विशेषज्ञ चिकित्सकको विशेष निगरानीमा निरन्तर स्वास्थ्य सेवा प्रदान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार