Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • शताब्दीपुरुष जोशीको निधनमा भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

    शताब्दीपुरुष जोशीको निधनमा भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

    अनलाइन नेपाल
  • सोमबार, ३१ असोज २०७९
  • 777
    SHARES

    काठमाडौं । सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा १ कात्तिकमा सार्वजनिक विदा दिएको छ ।

    गृह मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू, विदेशस्थित कूटनीतिक नियोगहरूमा बिदा दिने निर्णय गरेको हो ।



    सूचनामा भनिएको छ ‘संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू,



    विदेशस्थित कूटनीतिक नियोगहरूमा मिति २०७९ साल कार्तिक १ गते मंगलबार सार्वजनिक बिदा दिने तथा राष्ट्रिय झन्डा झुकाउने नेपाल सरकारबाट निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।’

    यस्तै सरकारले मङ्गलवार राष्ट्रिय झण्डा झुकाउने निर्णय पनि गरेको छ । आइतबार जोशीलाई श्रद्धाञ्जली अर्पण गर्न जाँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनप्रेम श्रेष्ठले जोशीको निधनको शोकमा एक दिन सार्वजनिक बिदा दिने घोषणा गरेका थिए ।

    शताब्दी पुरुष जोशीको आइतबार बिहान १०३ वर्षको उमेरमा निधन भएको थियो । किष्ट अस्पतालमा उपचारका क्रममा जोशीको निधन भएको हो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार