Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • प्रधानमन्त्री देउवाले ओढाए शताब्दी पुरुष जोशीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा

    प्रधानमन्त्री देउवाले ओढाए शताब्दी पुरुष जोशीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा

    अनलाइन नेपाल
  • आइतबार, ३० असोज २०७९
  • 732
    SHARES

    काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री शेरबहादुर देउवा ललितपुर पुगेका छन् ।

    प्रधानमन्त्री देउवा आइतबार किस्ट अस्पतालमा निधन भएका जोशीलाई श्रद्धाञ्जली दिन ललितपुर महानगरपालिका परिसर पुगेका हुन् ।



    जोशीको शव अन्तिम श्रद्धाञ्जलीका लागि पुल्चोकस्थित ललितपुर महानगरपालिकाको कार्यालय परिसरमा ल्याइएको थियो । प्रधानमन्त्री देउवाले जोशीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका छन् ।



    प्रधानमन्त्री देउवासँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका शीर्ष नेताहरू पनि त्यहाँ पुगेका छन् ।

    उपचारका क्रममा केही दिनअघि अस्पतालमा भर्ना भएका शताब्दी पुरुष जोशीको आज बिहान १०३ वर्षको उमेरमा निधन भएको थियो । जोशीको पार्थिव शरीर नजलाउने र अध्ययनका लागि राखिने अस्पतालले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार