Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • शताब्दी पुरुष जोशीको निधनमा सरकारले एक दिन सार्वजनिक विदा दिने

    शताब्दी पुरुष जोशीको निधनमा सरकारले एक दिन सार्वजनिक विदा दिने

    अनलाइन नेपाल
  • आइतबार, ३० असोज २०७९
  • 687
    SHARES

    काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले सार्वजनिक विदा दिने भएको छ ।

    आइतबार दिउँसो ललितपुर महानगरपालिका परिसरमा जोशीलाई अन्तिम श्रद्धाञ्जली दिन पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सार्वजनिक विदा दिने बताएका हुन् ।



    उनले भने, ‘शताब्दी पुरुष सत्यमोहन जोशीज्यूको निधनमा सरकारको तर्फबाट शोकको रुपमा एक दिन राष्ट्रिय विदा दिने निर्णय भएको छ, यसको आधिकारिक सूचना सरकारी माध्यमबाट आउनेछ ।’



    उनले जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले सार्वजनिक विदा दिने निर्णय गर्ने बताए । यद्यपि सरकारले निर्णय गरिसकेको छैन ।

    उपचारका क्रममा केही दिनअघि अस्पतालमा भर्ना भएका शताब्दी पुरुष जोशीको आज बिहान १०३ वर्षको उमेरमा निधन भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार