Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • संस्कृतिविद् सत्यमोहनको जन्मकुण्डली जलाएर दाहासंस्कार

    संस्कृतिविद् सत्यमोहनको जन्मकुण्डली जलाएर दाहासंस्कार

    अनलाइन नेपाल
  • आइतबार, ३० असोज २०७९
  • 783
    SHARES

    काठमाडौं । वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको जन्मकुण्डली जलाएर अन्त्येष्टि गरिएको छ । १०३ वर्षको उमेरमा आइतबार बिहान निधन भएका जोशीको शंखमूलस्थित बागमती घाटमा जन्मकुण्डली जलाएर अन्त्येष्टि गरिएको हो ।

    आफ्नो शव अध्ययन निम्ति किष्ट अस्पताललाई बुझाउने जोशीको अन्तिम इच्छा थियो । त्यसैअनुसार अस्पताललाई शव दान गरेपछि जोशीका जेठा छोरा अनुराज र कान्छा छोरा डा. पूर्णराजले आइतबार साँझ ६ बजेर १४ मिनेटमा शंखमूलस्थित बागमती घाटमा जन्मकुण्डली जलाएर अन्त्येष्टि गरे ।



    जन्मकुण्डली जलाएपछि कागजको खरानी र जोशीका लुगाफाटा बागमती नदीमा सेलाइएको छ । जोशीको आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको थियो ।



    उनले २०७७ माघ ३० गते नै ललितपुर महानगरपालिकाको रोहवरमा आफ्नो शरीर अध्ययनका लागि किष्ट अस्पताललाई दिन सम्झौता गरेका थिए । उनको इच्छाबमोजिम परिवारजनले जोशीको पार्थिव शरीर अस्पताललाई हस्तान्तरण गरेका हुन्।

    जोशीको निधनपछि उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिका परिसरमा राखिएको थियो।

    त्यस क्रममा प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका नेता, कलाकारलगायत सर्वसाधारणहरुले जोशीलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए। अन्तिम श्रद्धाञ्जलीपछि जोशीको पार्थिव शरीर किष्ट अस्पतालमै लगिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार