Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखियो

    शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखियो

    अनलाइन नेपाल
  • आइतबार, ३० असोज २०७९
  • 669
    SHARES

    काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा श्रद्धाञ्जलिका लागि राखिएको छ ।

    श्रद्धाञ्जलीका लागि उनको शव ललितपुरको किष्ट अस्पतालको प्रांगणमा राखिएको हो । करिब १२:३० बजेसम्म जोशीको पार्थिव शरीर अस्पताल परिसरमा राखिनेछ ।



    उपचारका क्रममा केही दिनअघि अस्पतालमा भर्ना भएका शताब्दी पुरुष जोशीको आज बिहान एक सय तीन वर्षको उमेरमा निधन भएको थियो।



    अस्पतालबाट आवश्यक प्रक्रिया पूरा गरी दिउँसो १२:३० बजेपछि पुल्चोकस्थित ललितपुर महानगरपालिकाको कार्यालय परिसरमा अपराह्न ४ बजेसम्म श्रद्धाञ्जलिका लागि उहाँको पार्थिव शरीर राखिने छ।

    प्रधानमन्त्री शेरबहादुर देउवासहित विशिष्ट पदाधिकारीले ललितपुर महानगरपालिकाको कार्यालय परिसरमा पुगेर श्रद्धाञ्जलि दिने कार्यक्रम छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार