Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ

    जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ३१ असोज २०७९
  • 759
    SHARES

    कैलाली । कैलाली प्रहरीले जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर २ गणेशपुर बस्ने ४९ वर्षीय प्रेम चौधरी रहेका छन् ।



    २०६३ माघ २५ गते जबरजस्ती करणी गरी फरार भएका उनलाई जिल्ला अदालत बर्दियाको मिति २०६८ असार ०९ गतेको आदेशले ६ वर्ष कैद सजाय सुनाएको थियो ।



    ईलाका प्रहरी कार्यालय लम्कीले उनलाई २०७९ असोज ३० गते गणेशपुरबाटै पक्राउ गरेको जनाएको छ । उनलाई पक्राउ गरी जिल्ला अदालत कैलालीमा बुझाइएको ईलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार