Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • एम्बुलेन्सबाट १ बोरा पटाकासहित भन्सार छलीको सामान बरामद

    एम्बुलेन्सबाट १ बोरा पटाकासहित भन्सार छलीको सामान बरामद

    अनलाइन नेपाल
  • बिहिबार, ३ कार्तिक २०७९
  • 801
    SHARES

    धनुषा । जनकपुर उप–महानगरपालिका वडा नम्बर–१७ कटरैटमा प्रहरीले एम्बुलेन्सबाट भन्सार छलीको सामान बरामद गरेको छ ।

    मे. १ च ३५० नम्बरको एम्बुलेन्सबाट तस्करीको सामान बरामद गरिएको हो । सो एम्बुलेन्स माई भ्याली बचत तथा ऋण सहकारी संस्थाले सञ्चालनमा ल्याएको थियो ।



    एम्बुलेन्स चेकजाँच गर्दा १ बोरा पटाका, भन्सार छलीको बदाम, पापड र आल्मोन्ड बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।



    भारतको जयनगरबाट जनकपुरतर्फ आउँदै गरेको सो एम्बुलेन्सलाई ईलाका प्रहरी कार्यालय तारापट्टिबाट खटिएको टोलीले शंका लागेर चेकजाँच गरेको थियो ।

    एम्बुलेन्सलाई सामानसहित भन्सार कार्यालय जनकपुरमा पठाइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार