Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • भारतबाट अवैध रुपले ल्याउँदै गरेको २२ लाख रुपैयाँभन्दा बढीको सामान बरामद

    भारतबाट अवैध रुपले ल्याउँदै गरेको २२ लाख रुपैयाँभन्दा बढीको सामान बरामद

    अनलाइन नेपाल
  • बुधबार, १० जेष्ठ २०८०
  • 519
    SHARES

    रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका–१ आँपबगैंचाबाट सशस्त्र प्रहरीले २२ लाख ३० हजार ५९० रुपैयाँको सामान बरामद गरेको छ ।

    मंगलबार राति साढे १ बजे भारतबाट अवैध रुपले ल्याउँदै गरेको इलेक्ट्रिक सिगरेट, इलेक्ट्रिक आइटम्स्, मोटरपार्ट्स र लत्ताकपडा सीमा सुरक्षा गुल्म डण्डा (बीओपी डण्डा) बाट खटिएका सशस्त्र प्रहरी नायव उपरीक्षक अरुण शर्माको कमाण्डको टोलीले बरामद गरेको हो ।



    सामान ल्याउने व्यक्तिहरु गस्तीमा रहेको सशस्त्र प्रहरीलाई देख्नासाथै उक्त सामानहरु छाडेर भागेका थिए ।



    बरामद सामान भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार