Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • झण्डै डेढ करोड रुपैयाँ बराबरको अवैध सामान बरामद

    झण्डै डेढ करोड रुपैयाँ बराबरको अवैध सामान बरामद

    अनलाइन नेपाल
  • बिहिबार, १ मंसिर २०७९
  • 570
    SHARES

    रसुवा । रसुवाबाट झण्डै डेढ करोड रुपैयाँ बराबरको अवैध सामान बरामद भएको छ ।

    भन्सार छली सीमा इलाकाको अस्थाई ड्राईपोट रसुवामा राखिएको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल बिओपी टिमुरे रसुवाले सो सामान बरामद गरेको हो ।



    अवैध रुपले चोरीपैठारी गरी ल्याईएको सामानमा महंगा मदिरा, चुरोट लगायतका रहेका छन् ।



    सशस्त्र प्रहरी बल नेपाल बिओपी टिमुरे रसुवालाई सो अवैध सामानबारे गोप्य सूचना प्राप्त भए पश्चात सशस्त्र प्रहरीको संयुक्त टोली त्यस ठाउँमा खटिएको थियो ।

    बरामद सामान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय टिमुरेमा बुझाइएको छ ।

    निर्वाचनको मौका छोपी हुन सक्ने अवैध क्रियाकलाप रोक्न उत्तरी सीमा नाकामा समेत सशस्त्र प्रहरी बल नेपालले विशेष निगरानी गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार