Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • राजनीतिक दलका नेताले प्रहरीमाथि ग्रिनेड प्रहार गरेपछि…

    राजनीतिक दलका नेताले प्रहरीमाथि ग्रिनेड प्रहार गरेपछि…

    अनलाइन नेपाल
  • सोमबार, ७ कार्तिक २०७९
  • 726
    SHARES

    एजेन्सी । ब्राजिलमा एक जना राजनीतिक नेताले प्रहरीमाथि ग्रिनेड प्रहार गरेका छन् ।

    ब्राजिलको रियो डे जेनेरियो सहरबाट उत्तरमा पर्ने लेभी गास्पारियान क्षेत्रमा दक्षिणपन्थी राजनीतिक नेता रोबेर्टो जेफर्सनले ग्रिनेड प्रहार गरेको हुन् ।



    ग्रिनेड प्रहारबाट दुई जना प्रहरी घाइते भएका छन् । घरमा पक्राउ गर्न आएका प्रहरीमाथि उनले ग्रिनेड प्रहार गरेका हुन् । उनले ग्रिनेडसँगै राइफलबाट गोली पनि प्रहार गरेको जनाइएको छ ।



    उनले प्रहार गरेको गोली लागेर प्रहरीको सवारीमा क्षति पुगेको छ । पछि उनले प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । यसअघि ब्राजिलको सर्वोच्च अदालतले उनलाई पक्राउ गर्न आदेश दिएको थियो ।

    प्रधानन्यायाधीश कारमेन लुसियालाई धम्की दिएको र उनको बेइज्जत गरेको आरोपमा उनलाई पक्राउ गर्न आदेश दिइएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार