Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • उत्तर कोरियाले भन्यो – अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास नरोके कडा जवाफ दिन्छौं

    उत्तर कोरियाले भन्यो – अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास नरोके कडा जवाफ दिन्छौं

    अनलाइन नेपाल
  • मंगलबार, १५ कार्तिक २०७९
  • 777
    SHARES

    एजेन्सी । उत्तर कोरियाले अमेरिकालाई दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास बन्द नगरे कडा जवाफ दिने चेतावनी दिएको छ ।

    मङ्गलवारदेखि सुरु भएको अमेरिका र दक्षिण कोरियाको पाँच दिने संयुक्त हवाई सैन्य अभ्यासप्रति आपत्ति जनाउँदै उत्तर कोरियाले कडा जवाफ दिने चेतावनी दिएको हो ।



    ‘यदि अमेरिकाले लगातार गम्भीर सैन्य उत्तेजना जारी राख्यो भने उत्तर कोरियाले थप शक्तिशाली आणविक परिक्षणहरू गर्नेछ’, उत्तर कोरियाको विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ ।



    अमेरिका र दक्षिण कोरियाले युद्ध अभ्यासहरू बन्द नगरेमा सबै नतिजाको जिम्मेवारी उनीहरूले नै लिनुपर्ने उत्तर कोरियाको चेतावनी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार