Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • थप ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि, २१ जना निको

    थप ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि, २१ जना निको

    अनलाइन नेपाल
  • बुधबार, १६ कार्तिक २०७९
  • 663
    SHARES

    काठमाडौं । देशभर थप ५९ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

    ३ हजार ६४२ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ४६ तथा एन्टिजेन विधिबाट १३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।



    यही अवधिमा थप २१ जना निको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।



    योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५५३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ८ हजार ९४५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार