Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • अस्पतालमा कोरोना संक्रमितको संख्या शून्य, थप ७ जनामा सङ्क्रमण पुष्टि

    अस्पतालमा कोरोना संक्रमितको संख्या शून्य, थप ७ जनामा सङ्क्रमण पुष्टि

    अनलाइन नेपाल
  • बुधबार, २० पुष २०७९
  • 630
    SHARES

    फाइल फोटो

    काठमाडौं । देशभरका अस्पतालहरूमा अहिले कोभिड–१९ संक्रमितको संख्या शून्य भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल कुनै पनि संक्रमित अस्पतालमा भर्ना भएर उपचाररत छैनन् ।



    त्यस्तै, पछिल्लो २४ घण्टामा थप ७ जनामा  सङ्क्रमण पुष्टि भएको छ ।



    ४५२ जनाको पीसीआर र ५४८ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

    बुधबार ६ जना संक्रमणमुक्त भएका छन् भने देशभर २१ जना सक्रिय संक्रमित रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार