Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • पछिल्लो २४ थपिए ९ जना कोरोना संक्रमित

    पछिल्लो २४ थपिए ९ जना कोरोना संक्रमित

    अनलाइन नेपाल
  • बुधबार, २१ मंसिर २०७९
  • 675
    SHARES

    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा १ हजार ६ सय ८३ जनाको नमूना परीक्षण गरिएको थियो ।



    ८ सय ३ जनाको पीसीआर र ८ सय ८० जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।



    बुधबार १६ जना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या ७२ रहेको र जम्मा संक्रमितको संख्या ११ लाख ५३ हजार १३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार