Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • स्कुल बसको झ्यालबाट टाउको बाहिर निकाल्दा रुखमा ठोक्किएर बालकको मृत्यु

    स्कुल बसको झ्यालबाट टाउको बाहिर निकाल्दा रुखमा ठोक्किएर बालकको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, १७ कार्तिक २०७९
  • 819
    SHARES

    काठमाडौं । स्कुल बसको झ्यालबाट टाउको बाहिर निकालेर यात्रा गरिरहेको बेला रुखमा ठोक्किएका एक बालकको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा नयाँ बसपार्क बस्ने १३ वर्षीय आयुष्मान दाहाल रहेका छन् ।



    हिजो दिउँसो साढे ३ बजे बा १ क ४६४२ नम्बरको स्कुल बसमा सवार उनले टाउको बाहिर निकालेर यात्रा गरिरहेका थिए ।



    उनको टाउको लाजिम्पाटस्थित सडक किनारमा रहेको रुखमा ठोक्किएको थियो ।

    दुर्घटनामा गम्भीर घाइते भएका दाहालको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार