Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • विप्लवसहित तीन पार्टीद्धारा चुनावी विरोधका कार्यक्रम सार्वजनिक

    विप्लवसहित तीन पार्टीद्धारा चुनावी विरोधका कार्यक्रम सार्वजनिक

    अनलाइन नेपाल
  • आइतबार, २० कार्तिक २०७९
  • 861
    SHARES

    काठमाडौं । तीन कम्युनिष्ट क्रान्तिकारी पार्टीहरुले मंसिरमा हुने निर्वाचन बहिस्कार गर्न आन्दोलनको घोषणा गरेका छन् ।

    राजधानीमा आज पत्रकार सम्मेलनको आयोजना गरेर आगामी कात्तिक २४ गतेदेखि चुनाव बहिस्कार आन्दोलनको सुरुवात गर्ने जानकारी दिइएको हो ।



    नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा र आहुतीले नेतृत्व गरेको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई शसक्त रुपमा बहिस्कार गर्न खारेजीको आन्दोलनको घोषणा गरेका हुन् ।



    पत्रकार सम्मेलन गर्दै विप्लव नेतृत्वको नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ वैज्ञानिक समाजवादीका संयोजक विश्वभक्त दुलाल ‘आहुति’ र नेकपा अध्यक्ष कट्टेलले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।

    राजनीतिक सभाको रुपमा काठमाडौंमा २४ गते, बुटवल र इटहरीमा २६ गते र पोखरामा २८ गते र सुर्खेत र धनगढीमा ३० गते कार्यक्रम राखेका छन् ।

    यस्तै विरोध प्रदर्शन र कोणसभा कार्तिक २६ गतेदेखि २० गतेसम्म राखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार