Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • विष्णु पौडेललाई रूपन्देही- २ मा वामदेवको नेकपा राष्ट्रिय एकता अभियानको समर्थन गर्ने

    विष्णु पौडेललाई रूपन्देही- २ मा वामदेवको नेकपा राष्ट्रिय एकता अभियानको समर्थन गर्ने

    अनलाइन नेपाल
  • सोमबार, २१ कार्तिक २०७९
  • 717
    SHARES

    रूपन्देही । वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियानले रूपन्देहीको क्षेत्र नं २ मा नेकपा एमालेलाई सघाउने भएकाे छ।

    अभियानकाे केन्द्रीय कमिटीको निर्णय अनुसार रूपन्देहीको क्षेत्र नं २ मा नेकपा एमालेलाई सघाउने गरी निर्णय भएकाे अभियानका केन्द्रीय उपाध्यक्ष महेन्द्र अर्यालले पत्रकार सम्मेलन गरी जानकारी दिए।



    ‘हामीले केन्द्रीय कमिटीकाे बैठकबाट निर्णय गरेर रूपन्देहीको क्षेत्र नं २ मा नेकपा एमालेलाई सघाउने निर्णय गरेका छाैं,’ अभियानका लुम्बिनी प्रदेश ईन्चार्ज समेत रहेका अर्यालले भने।



    आगामी निर्वाचनका लागि एकता अभियानले बुटवलबाट पौडेललाई समर्थन गरेसँगै देशैभरका उम्मेदवारहरूलाई समर्थन गरेर अघि बढ्ने अभियानमा रहेको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार