Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • स्पेनिस ला लिगा : बार्सिलोनासँग ओसासुना पराजित

    स्पेनिस ला लिगा : बार्सिलोनासँग ओसासुना पराजित

    अनलाइन नेपाल
  • बुधबार, २३ कार्तिक २०७९
  • 852
    SHARES

    एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले ओसासुनालाई पराजित गरेको छ ।

    गएराति बार्सिलोनाले घरेलु टोली ओसासुनामाथि २–१ को जित निकालेको हो ।



    बार्सिलोनाले घरेलु टोली ओसासुनासँग १–० ले पछि परेको स्थिति उल्ट्याएर २–१ को पूनरागमन जित दर्ता गरेको हो । बार्सिलोनाको जितमा पेड्री र राफिन्हाले गोल गरे ।



    घरेलु टोलीका डेभिड गार्सियाले एक गोल गरे ।बार्सिलोनाले लिगमा ५ अंकको अग्रता बनाएको खेलमा दुई मुख्य खेलाडीले रातो कार्ड खाए ।

    फरवार्ड रोबर्ट लेवान्डोस्की र जेरार्ड पिकेले रातो कार्ड खादै मैदान बाहिरिए । जितसँगै बार्सिलोनाले ला लिगामा दोस्रो स्थानको रियल मड्रिडसँग ५ अंकको अग्रता बनाएको छ ।

    बार्सिलोनाको ३७ र रियल मड्रिडको ३२ अंक छ । ओसासुना २३ अंक सहित तालिकाको छैटौं स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार