Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • प्रदेश १ का वनमन्त्री थापाको निधन

    प्रदेश १ का वनमन्त्री थापाको निधन

    अनलाइन नेपाल
  • बुधबार, २३ कार्तिक २०७९
  • 639
    SHARES

    विराटनगर । प्रदेश १ का वन वातावरण तथा भूसंरक्षणमन्त्री शेखरचन्द्र थापाको निधन भएको छ ।

    मोरङ क्षेत्र ३ अन्तर्गत प्रदेशसभा क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवारसमेत रहेका थापाको उपचारका क्रममा निधन भएको हो ।



    गम्भीर प्रकारको निमोनिया देखिएका थापाको स्वास्थ्य जटिल भएपछि काठमाडौंको ह्याम्स अस्पतालमा ल्याएर उपचार गरिएको थियो ।



    ह्याम्समा तीन साताको उपचारपछि स्वास्थ्यमा सुधार भएपनि कमजोरीपनका कारण उनलाई विराटनगरमै फर्काएर निरन्तर अक्सिजनको सहयोगमा उपचार जारी राखिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार