Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • निर्वाचन विरोधी गतिविधि गर्ने विप्लवका चार कार्यकर्ता पक्राउ

    निर्वाचन विरोधी गतिविधि गर्ने विप्लवका चार कार्यकर्ता पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २३ कार्तिक २०७९
  • 1.1K
    SHARES

    म्याग्दी । निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा म्याग्दीमा नेत्रविक्रम चन्द ‘विप्लव सि’ का चारजना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा नेकपा सिका उषा मगर, नविन सि, रोहित सि र विशाल सन्यासी रहेका छन् । बेनीको जिपपार्कमा भित्तेलेखन गर्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।



    उषा नेकपा सिका जिल्ला सेक्रेटरी, नविन सि युवा संगठनका जिल्ला अध्यक्ष हुन् ।



    मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन बहिष्कारका लागि अपिल गर्दै भित्तेलेखन गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार