Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • निर्वाचन विरोधि गतिविधि गरेको भन्दै विप्लव समूहका दुई जना पक्राउ

    निर्वाचन विरोधि गतिविधि गरेको भन्दै विप्लव समूहका दुई जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २८ कार्तिक २०७९
  • 690
    SHARES

    मुस्ताङ । निर्वाचन विरोधि गतिविधि गरेको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपा ‘विप्लव’ समूहका दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

    विप्लवका दुई कार्यकर्तालाई मुस्ताङको घरपझोङ गाउँपालिका-१ छैरोबाट नियन्त्रणमा लिएको हो ।



    मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचन बहिष्कार गरौं, निर्वाचन खारेज गर लगायतका निर्वाचन विरोधी सन्देश प्रवाह गर्ने,



    पर्चा पम्प्लेट टाँस्ने र भित्ते लेखन गर्दै हिँडिरहेको अवस्थामा नेकपा विप्लव समूहका मुस्ताङ जिल्ला इञ्चार्ज शुशिला विक र प्रकाश विकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार