Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • भूकम्प प्रभावित क्षेत्रमा उद्धार र राहतमा जुट्न कार्यकर्तालाई विप्लवको निर्देशन

    भूकम्प प्रभावित क्षेत्रमा उद्धार र राहतमा जुट्न कार्यकर्तालाई विप्लवको निर्देशन

    अनलाइन नेपाल
  • बुधबार, २३ कार्तिक २०७९
  • 873
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सम्पूर्ण नेताकार्यकर्ता तथा पार्टी पंङ्तिलाई भूकम्प पीडितको उद्धार तथा राहत कार्यमा खट्न निर्देशन दिएका छन् ।

    महासचिव विप्लवले बुधबार प्रेस विज्ञप्ती जारी गरेर गएराति डोटीमा भूकम्पमा परी दुःख र अप्ठ्यारामा परेकाहरुको तुरुन्त उद्धार तथा राहत कार्यमा खट्न र आवश्यक सम्पूर्ण साथ सहयोगमा जुट्न नेता कार्यकर्ता तथा पार्टी पंङ्तिलाई निर्देशन दिएका हुन् ।



    भूकम्पका कारण पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँका ६ जनाले ज्यान गुमाएका छन् भने ७ जना गम्भीर घाइते भएका छन् ।



    भूकम्पका कारण ८ घर पूर्णरुपमा क्षति भएका छन् । सरकारले उपचार र राहतमा कुनै कमी आउन नदिने आश्वसन दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार