Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • हेटौँडालाई गर्व गर्न लायक प्रदेश राजधानी बनाउँछु, जिताएर पठाउनुस् : सह–महामन्त्री डिना

    हेटौँडालाई गर्व गर्न लायक प्रदेश राजधानी बनाउँछु, जिताएर पठाउनुस् : सह–महामन्त्री डिना

    अनलाइन नेपाल
  • शनिबार, २६ कार्तिक २०७९
  • 951
    SHARES

    मकवानपुर । नेपाली कांग्रेसकी सह–महामन्त्री एवं सत्तारुढ गठबन्धनका तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’ले हेटौँडालाई गर्व गर्नलायक प्रदेश राजधानी बनाउने दाबी गरेकी छिन् ।

    शनिबार हेटौँडामा लोकतान्त्रिक–वाम गठबन्धनले गरेको उपमहानगरस्तरीय संयुक्त युवा भेलालाई सम्बोधन गर्दै सह–महामन्त्री डिनाले यस्तो दाबी गरेकी हुन् ।



    उनले बजारको समस्या समाधान, कलकारखाना स्थापना, रोजगारीको सिर्जना गर्ने योजना सुनाउँदै हेटौँडालाई गर्व गर्नलायक प्रदेश राजधानी बनाउने बताइन् ।



    ‘चुनावमा मत नपुगे पनि हामी निरन्तर मकवानपुरको विकास र यहाँका जनताको सुखदुःखमा साथै छौँ,’ उनले भनिन्, ‘यसपटक गठबन्धनका उम्मेदवारलाई जिताउनुहोस्, त्यसपछिको ५ वर्ष हेर्नुहोस्।’

    साथै उनले चुनावपछि पनि निरन्तर जनताको सुखदुःखमै रहने प्रतिबद्धता व्यक्त गरिन् । ‘मतदातासामु पुग्ने क्रममा धेरैले यसअघि जितेर गएका नेताहरू गाउँ नफर्केको गुनासो गरे,’ उनले भनिन्,’म जनताको समस्या र गुनासो सुन्न कम्तीमा महिनामा एकपटक गाउँगाउँ जाने छु ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार