Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • सपना र आश्वासन छर्न होइन जिल्लाको समग्र विकास गर्न आएको हुँ : डिना

    सपना र आश्वासन छर्न होइन जिल्लाको समग्र विकास गर्न आएको हुँ : डिना

    अनलाइन नेपाल
  • आइतबार, २७ कार्तिक २०७९
  • 795
    SHARES

    मकवानपुर । नेपाली कांग्रेसकी केन्द्रीय सहमहामन्त्री तथा मकवानपुर क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’ले आफू सपना र आश्वासन छर्न नआएको बताएकी छिन् ।

    चुनावी अभियान अन्तर्गत आइतबार मकवानपुरगढी संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उनले आफू सपना र आश्वासन छर्न नभई जिल्लाको समग्र विकास गर्न प्रत्यक्ष तर्फ उम्मेदवार भएर बताएकी हुन् ।



    आफू सांसद मात्रै हुनका लागि उम्मेदवार भएको नभइ जनतासँग सुखदुःखमा रहने र जिल्लाको विकास र समृद्धिका लागि काम गर्ने योजनाका साथ आएको उनले बताइन् ।



    उनले पटक पटक सांसद र मन्त्री हुँदा पनि केही नगर्नेहरूले अहिले पनि नारा र सपना मात्र बाँडिरहेको समेत जिकिर गरिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार