Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • लमजुङमा देव गुरुङलाई हराउँदै एमालेका पृथ्वीसुब्बा निर्वाचित

    लमजुङमा देव गुरुङलाई हराउँदै एमालेका पृथ्वीसुब्बा निर्वाचित

    अनलाइन नेपाल
  • बिहिबार, ८ मंसिर २०७९
  • 861
    SHARES

    लमजुङ । लमजुङबाट नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निर्वाचित भएका छन् ।

    सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई ३ हजार १ सय ८८ मतले पराजित गर्दै गुरुङ निर्वाचित भएका भएका हुन् ।



    निर्वाचित गुरुङले ३४ हजार ९ सय ६९ मत पाएका छन् । प्रतिद्वन्द्वी देवप्रसादले ३१ हजार ७ सय ८१ मत पाए । कूल १ लाख ३३ हजार ५ सय ५९ मतदाता रहेकोमा ८० हजार १ सय ९२ मत खसेको थियो ।



    यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीले ९ हजार २९ मत प्राप्त गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीका बालचन्द्र श्रेष्ठले १ हजार २ सय ३१ मत पाए ।

    मंगोल नेशनल अर्गनाइजेशनका विकास गुरुङले ४ सय ५७ मत, जनता समाजवादी पार्टी नेपालका नरेन्द्रबहादुर गुरुङले १ सय ४८ मत प्राप्त गरे । खसेको मतमध्ये प्रतिनिधिसभातर्फ २ हजार ३ सय ८४ मत बदर भएको छ ।

    यस्तै प्रदेश शभा (ख) मा कांग्रेसका भेषबहादुर पौडेलले विजयी भएका छन् । उनी १९ हजार ५५७ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी एमालेका कृष्णप्रसाद अधिकारीले १८ हजार ८०३ मत ल्याए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार