Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगे एमाले उपमहासचिव गुरुङ

    प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगे एमाले उपमहासचिव गुरुङ

    अनलाइन नेपाल
  • शुक्रबार, १६ मंसिर २०७९
  • 903
    SHARES

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङबीच भेटवार्ता भएको छ । शुक्रबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनिहरुबीच भेट भएको हो ।

    उपमहासचिव गुरुङले प्रधानमन्त्री देउवालाई भेटेर फर्किएको बालुवाटारनिकट स्रोतले जनाएको छ। प्रधानमन्त्री देउवा र उपमहासचिव गुरुङबीच ३३ मिनेट भलाकुसारी भएको जनाईएको छ ।



    संसदीय अंक गणित र आगामी नयाँ सरकारबारे एमाले अध्यक्ष केपी शर्मा ओलीको सन्देश बोकेर दूतका रुपमा बालुवाटार गएका गुरुङले देउवालाई चुनावी जीतको बधाई तथा शुभकामनासमेत दिएका छन्।



    प्रधानमन्त्री देउवालाई भेटेलगतै गुरुङ बालुवाटारबाट निस्केर बागबजारस्थित प्रेस चौतारी नेपालले आयोजित कार्यक्रममा गएका थिए। सत्ता राजनीतिका दृष्टिकोणले उनीहरूको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार