Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • एमाले सांसद गुरुङले भने – नाराको हिसाबले बजेट राम्रो छ, हिँड्न खोजेको बाटो गलत !

    एमाले सांसद गुरुङले भने – नाराको हिसाबले बजेट राम्रो छ, हिँड्न खोजेको बाटो गलत !

    अनलाइन नेपाल
  • बिहिबार, २५ जेष्ठ २०८०
  • 852
    SHARES

    काठमाडौं । नेकपा एमालेका सांसद पृथ्वीसुब्बा गुरुङले आगामी आर्थिक वर्षको बजेट नारा र निबन्धको हिसाबले मात्रै राम्रो भएको बताएका छन् ।

    बिहीबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा भाग लिँदै सांसद गुरुङले यस्तो बताएका हुन् ।



    सांसद गुरुङले भने, ‘नारा र निबन्धको हिसाबले त यो सबैभन्दा राम्रो बजेट हो तर यसले हिँड्न खोजेको बाटो गलत छ । हाम्रो समस्याग्रस्त शिक्षा र स्वास्थ्य क्षेत्र हो । त्यहाँ लगानी गर्ला भनेको तर त्यसो गर्न सकेको छैन । केन्द्रिकृत पञ्चायत र सिंहदरबारका सरकारले ल्याउन खोजेको बजेट जस्तो आएको छ । वित्तीय संघीयताको प्रबन्ध गरेर संघीयतालाई सबल गर्छौं लेख्नुभएको छ तर त्यो अनुसारको बजेट र नीति आएको छैन ।’



    सांसद गुरुङले बजेटले हिंड्न खोजेको गन्तव्य अस्पष्ट रहेको बताए । गुरुङले शिक्षा, स्वास्थ्य क्षेत्रमा लगानी गर्ने योजना नरहेको, संघीयतालाई सबल बनाउने लक्ष्य नै नरहेको बताए । राजनीतिक अर्थशास्त्र नबुझेको बजेट आएको टिप्पणी गर्दै उनले पंचायत र बहुदलमा जस्तै बजेट आएको टिप्पणी गरे ।

    संविधानले समाजवादको मार्गमा जाने भनेको तर बजेटमा भने त्यस्तो कुनै व्यवस्था नगरेको उनको भनाई छ । नेपालमा समाजमा आयमा असमानता, सम्पति वितरणमा असमानता, उत्पादित वस्तुको वितरण असमान रहेको उल्लेख गर्दै उनले यस्ता असमानताहरु हटाउने योजना बजेटमा पाउन नसकेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार