Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • प्रधानमन्त्री देउवासँग प्रचण्ड र माधव नेपालको छुट्टाछुट्टै भेट

    प्रधानमन्त्री देउवासँग प्रचण्ड र माधव नेपालको छुट्टाछुट्टै भेट

    अनलाइन नेपाल
  • सोमबार, १२ मंसिर २०७९
  • 615
    SHARES

    काठमाडौं । एक साताअघि सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको परिणाम आउँदै गर्दा सत्ता गठबन्धनका नेताहरूबीच भेटघाटको दौडधुप बढेको छ ।

    यसैक्रममा आज प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भेटवार्ता गरेका छन्।



    आज बिहान बालुवाटार पुगेर उनीहरूले प्रधानमन्त्री देउवासँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन्। अहिलेकै पाँच दलीय गठबन्धनबाट नयाँ सरकार बनाउने जमर्को उनीहरूको छ।



    शनिबार प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच अहिलेकै गठबन्धनले नयाँ सरकार बनाउनेबारे समझदारी बनेको थियो।

    बालुवाटार स्रोतका अनुसार आज बिहान एकीकृत समाजवादीका अध्यक्ष नेपाल र माओवादी अध्यक्ष प्रचण्डले देउवासँग छुट्टाछुट्टै कुराकानी गरेका हुन्।

    उनीहरूबीच चुनावी परिणामको समीक्षा, समसामयिक राजनीति र भावी सरकारका विषयमा कुराकानी भएको बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार