Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • ढिलासुस्ती गर्ने निर्माण कम्पनीको स्काभेटर र ट्याक्टरमा नगरपालिकाले लगायो ताला

    ढिलासुस्ती गर्ने निर्माण कम्पनीको स्काभेटर र ट्याक्टरमा नगरपालिकाले लगायो ताला

    अनलाइन नेपाल
  • मंगलबार, १३ मंसिर २०७९
  • 651
    SHARES

    खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सडक स्तरोन्नतीको काम अलपत्र पार्ने निर्माण कम्पनीको एउटा स्काभेटर र दुई वटा ट्याक्टरमा ताला लगाएको छ ।

    दिक्तेलको हाटडाँडा–काफ्लेगाउँ–घुम्तीबर सडक र भुते जिरो प्वइन्ट–आयुर्वेद सडक स्तरोन्नतीको काम अलपत्र छाडेर हिँड्न लागेको भन्दै निर्माण कम्पनी लगलगे कन्स्ट्रक्सनको एउटा हुन्डाइ स्काभेटर, लु ३ त ८७६८ तथा ना ६ त २६१ नम्बरको ट्याक्टरलाई साङ्लोले बाँधेर ताला लगाइदिएको हो ।



    करिब आठ महिना म्याद बाँकी रहँदा निर्माण व्यवसायीले निर्माणस्थलमा रहेको मेसिनरी सामान अन्यत्र लैजान थालेको पाइएपछि मंगलबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ लफ्याङका वडाध्यक्ष एवं नगर प्रवक्ता दिनेशकुमार घिमिरे र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष नवराज राईले टेकेटार पुगेर स्काभेटर र ट्याक्टरलाई फलामको साङ्लोले बाँधेर ताला झुण्ड्याइदिएका छन् ।



    मेयर तीर्थराज भट्टराईको निर्देशनमा उपमेयर बिसन राईको उपस्थितिमा लगलगे कन्स्ट्रक्सनको हेभी इक्वीपमेन्टलाई ताला हालेर नियन्त्रणमा राखिएको हो । सडक स्तरोन्नतिको काम पुनस् सुचारु नहुञ्जेल वा अर्को व्यवस्था नभएसम्मका लागि हेभी मेसिनरी सामानमा ताला लगाइएको नगर प्रवक्ता घिमिरेले स्काभेटरमा टाँस गरेको विज्ञप्तिमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार