Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कतारद्वारा विश्वकप आयोजनामा ४०० बढी मजदूरको ज्यान गुमेको स्वीकार

    कतारद्वारा विश्वकप आयोजनामा ४०० बढी मजदूरको ज्यान गुमेको स्वीकार

    अनलाइन नेपाल
  • बुधबार, १४ मंसिर २०७९
  • 612
    SHARES

    एजेन्सी । कतार सरकारले विश्वकप आयोजनाका क्रममा ४०० देखि ५०० सम्म आप्रवासी श्रमिकको ज्यान गएको पहिलो पल्ट स्वीकार गरेको छ।

    कतार विश्वकप आयोजनाको उच्च समिति सुप्रिम कमिटी फर डिलेभरी एण्ड लिगेसीका महासचिव हस अल–थावाडीले एक अन्तर्वार्तामा यो कुरा स्वीकार गरेका हुन्।



    थवाडीले भने, ‘अनुमानित संख्या ४ सयको हाराहारीमा हुनसक्छ। ४०० देखि ५०० को बीचमा। म अहिले ठ्याक्कै बताउन सक्दिनँ।’



    यसअघि कतारले विश्वकप आयोजनाको लागि रंगशाला निर्माणका क्रममा ४० जनाको मात्र निधन भएको दावी गरेको थियो।

    यसमा पनि ३७ जना रंगशालाभित्रै कामको क्रममा नभई अन्यत्र निधन भएको र मात्र ३ जनाको कामका सिलसिलामा निधन भएको बताएको थियो।

    अल थावाडीको अन्तर्वार्ता सार्वजनिक भएपछि सुप्रिम कमिटीले पनि एउटा वक्तब्य सार्वजनिक गरेको छ। कतार सरकारले २०१० मा फिफा विश्वकप आयोजनाको जिम्मेवारी पाएपछि रोजगारीको कानुनमा थुप्रै संशोधन भएको बताएको छ।

    उसले कफाला नियमलाई हटाएको र मजदूरलाई काम गर्न सहज बनाएको दावी गरिएको छ। कतार विश्वकपका लागि नेपाली श्रमिक लगायत दक्षिण एसियाली देश भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशका कामदारहरू बढी खटिएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार