Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मोरक्कोका प्रशिक्षकले भने – हामी दावेदार होइनौं, सपना देख्न कुनै खर्च लाग्दैन

    मोरक्कोका प्रशिक्षकले भने – हामी दावेदार होइनौं, सपना देख्न कुनै खर्च लाग्दैन

    अनलाइन नेपाल
  • बुधबार, २८ मंसिर २०७९
  • 993
    SHARES

    काठमाडौं। मोरक्कोका प्रशिक्षक वालिद रेग्रागुईले इतिहार रच्ने आफ्नो टिमका लागि फिफा विश्वकप पुग्नुमा मात्र सन्तुष्ट हुन नहुने बताएका छन् ।

    मोरक्कन राष्ट्रिय टिमका पूर्व खेलाडीसमेत रहेका प्रशिक्षक रेग्रागुईले पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताउका हुन् । बुधबार हुने विश्वकप दोस्रो सेमिफाइनलमा फ्रान्सलाई स्तब्ध पार्ने आशा उनको छ ।



    फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिताको ९२ वर्षको इतिहासमा पहिलोपल्ट अरब र अफ्रिकी देश सेमिफाइनलमा पुगेको हो ।



    मोरक्कन प्रशिक्षक रेग्रागुईले पत्रकार सम्मेलनमा भने, ‘हामी थुप्रै विश्वस्तरीय खेलाडी र एक निकै उत्कृष्ट प्रशिक्षकका साथ विश्व च्याम्पियनसँग खेल्न गइरहेका छौं ।

    हामी उत्कृष्ट फुटबल खेल्नेछौं र उनीहरुलाई कमजोर बनाउने प्रयास गर्नेछौं । हामी विश्वकप फाइनलमा किन नपुग्ने ? मलाई थाहा छ, हामी प्रतियोगिताको दावेदार टिम होइनौं तर, हामी आत्मविश्वासी छौं । हामी सपना देख्न सक्छौं । सपना देख्नका लागि कुनै खर्च लाग्दैन ।’

    क्लब करिअरमा फ्रान्सेली टोली टोउलोसबाट खेलेका रेग्रागुईका अनुसार उनको टिम विश्वकपको उपाधि दावेदार नहुनाका बाबजुद अझै ठूलो सफलताका लागि भोको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार